तनहुँमा डा. स्वर्णिम वाग्ले जितउन्मुख
वैशाख ११,तनहुँ : तनहुँ क्षेत्र नं १ मा ३१ वडाको मतगणना सकिएको छ भने ११ वडाको मतगणना बाँकी रहेको छ।पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले सुरुदेखि नै अग्रता कायम राखेका छन्। फराकिलो मतान्तरणले अगाडि रहेकाले उनको जीत सुनिश्चित रहेको छ।
डा. स्वर्णिम वाग्ले वाग्लेले २५,१४१ मतसहित अग्रस्थानमा छन्। दोस्रोमा नेपाली कांग्रेसका गोविन्द भट्टराईले १४,४६२ मत ल्याएका छन् भने एमालेका सर्वेन्द्र खनाल ७०९१ मतसहित तेस्रो स्थानमा छन्।
तनहुँ १ को ४२ वडामा ६५ हजार ९९ मत खसेको छ।
बारामा उपेन्द्रको अग्रता कायमै, कुसवाहले घटाए मतान्तर
वैशाख ११,बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।
प्राप्त पछिल्लो परिणामअनुसार यहाँ जनता समाजवादी पार्टीले गठबन्धनको सहयोगमा अग्रता कायमै राखेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवले ३,२१४ मत प्राप्त गरेका छन् । उनका निकटतम रहेका जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहाले दुई हजार ८३१ मत पाएका छन् ।
तेस्रो स्थानमा नेकपा (एमाले) रहेको छ । एमाले उमेदवार पुरुषोत्तम पौडेलले एक हजार ३३४ मत प्राप्त गर्दा रास्वपाका उमेदवार रमेश खरेलले ६४१ र आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले २७३ मत पाएका छन् ।
चितवनमा रवि लामिछानेको अग्रता कायमै
लामिछानेलेले अहिलेसम्मको मत विवरणअनुसार १०,१३० मत प्राप्त गरेका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ३,३५७ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका जीतनारायण श्रेष्ठ तेस्रो स्थानमा रहेका छन् उनले अहिलेसम्म ३,१६८ मत प्राप्त गरेका छन् ।
Comments