तनहुँ १ उपनिर्वाचन : १३ वडाको मतगणना सम्पन्न, वाग्लेले करीव दोब्बर मतले अग्रता

Bhugolpark

११ बैशाख, २०८०,१२:००

रास्वपाका डा वाग्ले ११ हजार ४२८ मत, कांग्रेसका भट्टराई ६ हजार ४६५, एमालेका खनाल ३ हजार ७४७ मत

दमौली,११ वैशाख(रासस)।आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ । गए राति ११:४५ बजेदेखि मतगणना सुरु भएकामा पछिल्लो नतिजाअनुसार रास्वपाका डा वाग्लेले ११ हजार ४२८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ४६५ र नेकपा एमालेका सर्वेन्द्र खनालले ३ हजार ७४७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, आँबुखैरेनी–४, आँबुखैरेनी–५, आँबुखैरेनी–६, भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु–४, भानु–५ र भानु–११को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, नेपाली कांग्रेसका भट्टराईले दुई सय ६५ र नेकपा (एमाले)का खनालले ५४ मत प्राप्त गर्नुभयो । आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, नेपाली कांग्रेसका भट्टराईले तीन सय ३६ र नेकपा (एमाले)का खनालले एक सय आठ मत प्राप्त गर्नुभयो । आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १८, नेपाली कांग्रेसका भट्टराईले चार सय एक र नेकपा (एमाले)का खनालले एक सय ९१ मत प्राप्त गर्नुभयो ।

आँबुखैरेनी–४ मा छ सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ३२, नेपाली कांग्रेसका भट्टराईले दुई सय ३७ र नेकपा (एमाले)का खनालले ८५ मत प्राप्त गर्नुभयो । आँबुखैरेनी–५ मा पाँच सय ७० मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ७१, नेपाली कांग्रेसका भट्टराईले एक सय ४९ र नेकपा (एमाले)का खनालले २८ मत प्राप्त गर्नुभयो । आँबुखैरेनी–६ मा सात सय चार मत खसेकामा रास्वपाका वाग्लेले दुई सय ८१, नेपाली कांग्रेसका भट्टराईले दुई सय ५९ र नेकपा (एमाले)का खनालले एक सय ३० मत प्राप्त गर्नुभयो । भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, नेपाली कांग्रेसका भट्टराईले चार सय १८ र नेकपा ९एमाले०का खनालले तीन सय ५१ मत प्राप्त गर्नुभयो ।

भानु–४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ५९, नेपाली कांग्रेसका भट्टराईले चार सय ८२ र नेकपा (एमाले)का खनालले तीन सय ९४ मत प्राप्त गर्नुभयो । भानु–५ मा एक हजार पाँच सय ८४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ७६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ३१ र नेकपा (एमाले)का खनालले दुई सय ३७ मत प्राप्त गर्नुभयो । भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, नेपाली कांग्रेसका भट्टराईले तीन सय १२ र नेकपा (एमाले)का खनालले दुई सय ७० मत प्राप्त गर्नुभयो । भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, नेपाली कांग्रेसका भट्टराईले चार सय ५८ र नेकपा (एमाले)का खनालले चार सय ३७ मत प्राप्त गर्नुभयो । भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ५१ र नेकपा (एमाले)का खनालले तीन सय २९ मत प्राप्त गर्नुभयो ।

भानु–११ मा दुई हजार १४ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार दुई सय दुई, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ९३ र नेकपा (एमाले)का खनालले एक सय ८३ मत प्राप्त गर्नुभयो । तनहुँ क्षेत्र नं १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ ।



212 Views

Comments