तनहुँ १ उपनिर्वाचन : आठ वडाको मतगणना सम्पन्न, वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता

Bhugolpark

११ बैशाख, २०८०,१०:१२

रास्वपाका डा वाग्ले ९ हजार १९८ मत, कांग्रेसका भट्टराई ३ हजार ८०३, एमालेका खनाल २ हजार ४३० मत

दमौली,११ वैशाख(रासस)।आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राख्नुभएको छ । गए राति ११:४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ९:२० बजेसम्म १६ हजार ३४२ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ८०३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।

आबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को १३ हजार ६५ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, कांग्रेसका भट्टराईले दुई सय ६५ र एमालेका खनालले ५४ मत प्राप्त गर्नुभएको छ । आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, कांग्रेसका भट्टराईले तीन सय ३६ र एमालेका खनालले एक सय आठ मत प्राप्त गर्नुभएको छ । भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, कांग्रेसका भट्टराईले चार सय १८ र एमालेका खनालले तीन सय ५१ मत प्राप्त गर्नुभएको छ । भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका डा वाग्लेले छ सय ५५, कांग्रेसका भट्टराईले तीन सय १२ र नएमालेका खनालले दुई सय ७० मत प्राप्त गर्नुभएको छ ।

भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, कांग्रेसका भट्टराईले चार सय ५८ र एमालेका खनालले चार सय ३७ मत प्राप्त गर्नुभएको छ । भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, कांग्रेसका भट्टराईले पाँच सय ५१ र एमालेका खनालले तीन सय २९ मत प्राप्त गर्नुभएको छ । भानु–४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका डा वाग्लेले सात सय ५९, कांग्रेसका भट्टराईले चार सय ८२ र एमालेका खनालले तीन सय ९४ मत प्राप्त गर्नुभएको छ । आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १५, कांग्रेसका भट्टराईले चार सय एक र एमालेका खनालले एक सय १९ मत प्राप्त गर्नुभएको छ । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ ।



211 Views

Comments