मनकामना केबुलकार वैशाख १० गते बन्दहुने

Bhugolpark

८ बैशाख, २०८०,११:५४

वैशाख ८,चितवन ।जिल्ला प्रशासन कार्यालय, चितवनले वैशाख १० मा हुनगैरहेको जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सुरक्षा संवेदनशिलतालाईं ध्यान दिदैं श्री मनकामना दर्शन प्रा.लि., नक्साल, काठमाडौंद्वार सञ्चालित मनकामना केबुलकार वैशाख १० गते बन्दगर्न अनुरोध गरेको छ ।

जिल्ला सुरक्षा समिति चितवनको बैठकबाट “यस जिल्लाको इच्छाकामना गा.पा को कुरिनटारबाट गोरखा जिल्ला स्थित प्रशिद्ध शक्तिपिठ मनकामना जाने केबलकार मतदानको दिन सञ्चालन हुँदा भिड एकत्रित भई सुरक्षा संवेदनशिलता बढ्ने हुँदा उक्त दिन केबलकार सञ्चालन नगर्न मनकामना दर्शन प्रा.लि.लाई निर्देशित गर्ने” भनि निर्णय भएको हुँदा मिति २०८०।०१।१० गते केबलकार सेवा सञ्चालन नगर्नुहुन निर्णायानुसार अनुरोध गरेको छ ।


566 Views

Comments