वैशाख ७, काठमाडौं।बारा जील्लाको क्षेत्र नंम्बर २ मा चुनावको मिति नजिकिदै गर्दा प्रचण्ड गर्मीको बावजुत चुनावी सरगर्मी बढेर गएको छ।भूगोल पार्कले नेताहरूसँग प्रत्यक्ष फोन सम्पर्क गरी उहाँहरूको संक्षिप्त परिचय, चुनावी घोषणा पत्र वा चुनावी ऐजेण्डा अरू उम्मेद्बारहरूलेभन्दा जित सुनिश्चित रहेको आधारहरू, चुनावमा विजयहाँसिल गरेमा सो क्षेत्रका जनताहरूको जनजीवीकाको विषयमा के-कस्ता कार्यहरू गर्नुहुन्छ ? भनि हामीले उहाँहरूसँग प्रश्न सोधेका थियौं।उहाँहरूले बोल्नुभएको बोलि जस्ताको तस्तै हाम्रो नेता डट अनलाइन, टुइटर, फेसबुक, युटुव, स्टाग्राम आदि सामाजिक सञ्जालमा समेत राखेका छौं।
बारा २ मा ३६ जना व्यक्तिले उम्मेद्वारी दिएकोमा २ जना उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिएकोले हाल ३४ जना व्यक्ति चुनावी प्रतिस्पर्धामा रहेका छन्।
यो निर्वाचन क्षेत्रमा करिब एक लाख पाँच हजार मतदाता छन्। यस निर्वाचन क्षेत्रमा जिल्लाका पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई, देवताल, सुवर्ण गाउँपालिका र कोल्हबी नगरपालिकाको वडा नम्बर ८ को भूभाग समेटिएको छ।
उपेन्द्र यादव
नेकपा एमाले पार्टी परित्याग गरी मधिशे जनअधिकार फोरमको अध्यक्ष भई राजनीति यात्रा सुरु गरेका उनी हाल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष छन्।
उपेन्द्र यादवलाई कांग्रेस, माओवादी, नेकपा (एस)कै नेता कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटेकाले एवं मंसिर ४ को निर्वाचनमा कांग्रेस माओवादी नेकपा एसको भोट पाएर झिनो मतान्तरले हारेको जिकिर गर्दै यसपालि जनमत पार्टीलाई कुनै पनि दलले समर्थन नगरेकोले उपेन्द्र यादवले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।
बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सत्तारुढ दलको साझा उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन्। मङ्सिरको प्रतिनिधिसभा निर्वाचनमा उपप्रधानमन्त्री सहित पटक पटक मन्त्री भइसकेका यादव सप्तरी-२ मा जनमत पार्टीका सिके राउतसँग पराजित भएका थिए।
सप्तरीबाट प्रतिनिधि सभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत दोब्बरभन्दा बढी मतले निर्वाचित हुनुभएको थियो । राउतले ३५ हजार ४२ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उपेन्द्र यादवले १६ हजार ९७९ मत प्राप्त गर्नुभएको थियो । उहाँहरूबीचको मतान्तर १८ हजार ६३ रहेको थियो ।
यादवहरूको वाहुल्य रहेको क्षेत्र भएको र गठबन्धन दलकै ठूला नेताहरू जसरी भएपनि उपेन्द्र यादवलाईं जिताउँन लागि परेकोले आफ्नो जित सुनिश्चित रहेको बताएका छन्।मत दाताहरूलाईं आफूलाईं चुनावमा जिताएको खण्डमा गढिमाई मेला व्यवस्थित गर्ने सडक शिक्षा स्वस्थ्यलगायतको काम गरी विकासको मुल फुटाउँने बताए।आफू गठबन्धन दलबाट भोलि सरकारमासमेत जाने भएकोले विकासप्रेमी जनताले आफूलाई जिताउँने जिकिर गरेका छन्।
शिवचन्द्र कुसवाहलाईं जिताउँन राउत आफैँ सक्रिय
बारा क्षेत्र नंम्बर २ मा वैशाख १० गते हुन गैरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका जनमत पार्टीका प्रत्यासी उम्मेद्बार शिवचन्द्र कुसवाहले उम्मेद्वारी दिएका छन्।उनले २०३७ सालमा सैनिलमियाँ अन्सारीको पालादेखि विद्यार्थी राजनीति सुरु गरेको बताए।उनले २०४६ सालदेखि २०५४ सालसम्म एमालेमा सक्रिय राजनीति सुरु गरेका उनी २०५४ माघ १६ गते माओवादीमा प्रवेश गरी २०६३ सालसम्म भूमीगत राजनीति गरी उनले २०६४ सालमा बारा २ बाटै निर्वाचित भएका थिए।उनी गत निर्वाचनमा हालका उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग जम्मा ३८५ मतान्तरले पराजित भएका थिए।
माओवादी पार्टीले आम नेता कार्यकर्ताको भावना विपरित उपेन्द्र यादवलाई समर्थन गरेकोले मधेशी पार्टीको हक हितको लागि नयाँ विचार लिएको सिके राउतकै पार्टी रोजेको बताए। शिवचन्द्र कुसवाहलाईं जिताउँन राउत आफैँ सक्रिय भएर घरदैलो कार्यक्रममा लागेका छन्।सिके रावत जसरी पनि उपेन्द्र यादवलाई हराउँन लागि परेका छन्।
संघीय गणतन्त्रमा भएको भ्रष्टचारलाई निर्मूल पार्ने बताए। उनले आफू बाराको स्थानीय बासिन्दा भएकोले उनीहरूको बास्तविक समस्याको बारेमा जानकार रहेको बताउदै सडक, खानेपानी, सिञ्चाइ, स्वस्थ्य, शिक्षा आदिको विषयमा संसदमा आवाज वुलन्द रुपमा उठाउँने बाताए।उहाँले बारा जिल्लाको गढीमाइ मेलालाइ थप व्यवस्थित पार्ने बताए।
एमालेको दाउ
बारा क्षेत्र नंम्बर २ मा वैशाख १० गते हुन गैरहेको प्रतिनिधि सभाको उपनिर्वाचनका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रत्यासी उम्मेद्बार पुरुषोत्तम पौंडेलले बारा २ एमालेको लालकिल्ला भएको एवं यस निर्वाचन क्षेत्रमा ग्रासरुटका कार्यकर्ताको समेत पूर्ण समर्थन आफूलाई भएको बताए।उनले आफू बारा २ को सचिव, बाराकै सहइन्चार्जको रुपमा काम गरेको बताउँदै हाल एमालेको पोलिटव्युरो सदस्य रहेको बताए।उनले आफूले २०२० सालदेखि वामपन्थी राजनीतिमा सक्रिय रहेको बताए।
मधेसवादी दलका दुई शीर्ष नेताबीचको रस्साकस्सीको फाइदा उठाउने दाउमा नेकपा एमाले रहेको देखिन्छ। एमालेले पोलिटब्युरो सदस्य समेत रहेका पूर्व मन्त्री पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा अघि सारेको छ।
बारामा लामो राजनीतिक विरासत बनाएका पौडेल पनि आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताउँछन्। “चुनावी घरदैलोमा पुगिरहँदा जनताको पूर्ण समर्थन पाएका छौँ। यस क्षेत्रमा एमाले बलियो सङ्गठन भएको पार्टी हो। यसपालि एमालेले जित्छ यसमा कुनै शङ्का छैन,” उनले भने।
अघिल्लो निर्वाचनमा भने यहाँ एमालेले जसपालाई समर्थन गरेको थियो।
संघीय गणतन्त्रमा भएको भ्रष्टचारलाई निर्मूल पार्ने बताए। उनले आफू बाराको स्थानीय बासिन्दा भएकोले उनीहरूको बास्तविक समस्याको बारेमा जानकार रहेको बताउदै सडक, खानेपानी, सिञ्चाइ, स्वस्थ्य, शिक्षा आदिको विषयमा संसदमा आवाज वुलन्द रुपमा उठाउँने बाताए।उहाँले बारा जिल्लाको गढीमाइ मेलालाइ थप व्यवस्थित पार्ने बताए।
रमेश खरेलको प्रचार
बारामा राष्ट्रिय स्वतन्त्र पार्टीले मङ्सिरको निर्वाचनमा काठमाडौं-१ मा असफल भएका रमेश खरेललाई मौका दिएको छ।
नेपाल प्रहरीका पूर्वअधिकारी खरेलले पनि आफ्नो पुरानो कार्यक्षेत्र मधेसको भूमिबाट चुनाव जित्ने आशा व्यक्त गरेका छन्।
“बाराका जनताले अहिलेसम्म इमानदार नेता नपाएको र आफ्नो अवस्थामा परिवर्तन नआएको भनिरहेका छन्। जनताको भित्री मनमा एसपी खरेल र घण्टी छाप नै बसेको छ। अरू जस्तो भोजभतेर नगरे पनि उनीहरूको इमान्दार साथ पाउनेमा म ढुक्क छु,” खरेलले भने।
उनको चुनावी अभियानमा साथ दिन पार्टी सभापति रवि लामिछाने पनि एक पटक बारा पुगेका थिए।
संघीय गणतन्त्रमा भएको भ्रष्टचारलाई निर्मूल पार्ने बताए। उनले आफू बाराको स्थानीय बासिन्दा भएकोले उनीहरूको बास्तविक समस्याको बारेमा जानकार रहेको बताउदै सडक, खानेपानी, सिञ्चाइ, स्वस्थ्य, शिक्षा आदिको विषयमा संसदमा आवाज वुलन्द रुपमा उठाउँने बाताए।उहाँले बारा जिल्लाको गढीमाइ मेलालाइ थप व्यवस्थित पार्ने बताए।
प्रभु साहको प्रभाव
प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीलाई पनि ठूला दलहरूले यो क्षेत्रमा प्रतिस्पर्धीको रूपमा हेरिरहेको देखिन्छ।
मङ्सिरको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएरै करिब आठ हजार मत पाएका आम जनता पार्टीका ज्ञवाली ज्ञवालीको अभियानमा पार्टी अध्यक्ष प्रभु साह आफैँ सक्रिय भएर लागेका छन्।
“भागबन्डामा उम्मेदवार छानिएपछि रुष्ट कार्यकर्ताहरू मात्रै नभएर मतदाताले पनि असल र विकास ल्याउने नेता खोजिरहेको मैले देखेँ। मैले जनताको माया र स्नेह मैले पाइरहेको छु,” ज्ञवालीले भने।
संघीय गणतन्त्रमा भएको भ्रष्टचारलाई निर्मूल पार्ने बताए। उनले आफू बाराको स्थानीय बासिन्दा भएकोले उनीहरूको बास्तविक समस्याको बारेमा जानकार रहेको बताउदै सडक, खानेपानी, सिञ्चाइ, स्वस्थ्य, शिक्षा आदिको विषयमा संसदमा आवाज वुलन्द रुपमा उठाउँने बाताए।उहाँले बारा जिल्लाको गढीमाइ मेलालाइ थप व्यवस्थित पार्ने बताए।
मतदाताको अपेक्षा
राजनीतिक दलका उम्मेदवार सबैले चुनाव आफूले जित्ने दाबी गरिरहे पनि आम मतदाताको भने मत दिनेबारे आफ्नै तर्क छ।
चिया खाजा पसलमा भेटिएका बारा सुवर्ण गाउँपालिका कबहीगोठका ८५ वर्षीय विन्देश्वरी प्रसाद भन्छन्, “जितेर जान्छन् तर विकास गर्दैनन्। बानी परी सकेको छ हामीलाई पनि झुटो आश्वासनको। हामीले त आफ्नो समय जसोतसो काटिसक्यौ तर अबको पुस्ताले विचार गर्नुपर्छ मत कस्तालाई दिने भनेर।”
औरैयाका स्थानीयवासी ७० वर्षीय सुग्रीव साह थप्छन्, “आशा त गर्नै पर्यो की अब जित्ने नेताले त केही गर्लान्। धेरै पुरानै अनुहार छन् तिनीहरूमध्ये नै छान्नुपर्ने हाम्रो बाध्यता छ।”
बारा बरियारपुरी ७३ वर्षीय सोनरी देवीले गुनासो गर्दै भनिन्, “यसपालि त असल उम्मेदवारलाई नै मत दिनुपर्छ भन्ने सोचमा छौँ हामी।”
निर्वाचन आयोगले चुनावको बेला स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टीको चुनाव प्रचार प्रसारमा पूर्ण रूपमा बन्देज लगाएको छ। तर चुनावी प्रचार प्रसारमा उम्मेदवारसँगै स्थानीय जनप्रतिनिधि र शिक्षक पनि लागेका छन्।
Comments