प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

Bhugolpark

१३ चैत्र, २०७९,१०:४२

१३ चैत,काठमाडौं।भूगोल पार्कले समयसामयिक देशविदेशको ताजा खबर पाठकसामु अहोरात्र पस्किरहेको छ।आज भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको समाचार लिएर आएका छौं।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

उनीहरूबीच प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल भएको बताइएको छ।

सभामुखको अधिकारमा अंकुश लगाउन खोजिएको भन्दै पछिल्लो समय आलोचनासमेत भइरहेको छ। 



416 Views

Comments