कोशी नामाकरणको विरोधमा प्रर्दशन, प्रदर्शनकारीले तोडे निषेधित क्षेत्र

Bhugolpark

५ चैत्र, २०७९,१६:०५

५ चैत,मोरङ । कोशी प्रदेशको नामाकरणको विषयमा प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेका छन् ।

बिहानैबाट एक नम्बर प्रदेशको नाम कोशी राखिएको विरोधमा प्रदर्शन भइरहेको थियो ।

सो क्रममा स्थानीय प्रशासनले घोषणा गरेर प्रदर्शनकारीले निषेधित क्षेत्र समेत तोडेको जिल्ला प्रहरी कार्यालयले सञ्चारकर्मीलाई जानकारी दिएको छ ।

आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको पुत्ला समेत दहन गरेका थिए ।

बिहानैबाट स्थानीयहरु प्रदर्शनमा निस्किएका थिए । प्रदेश नं १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले आयोजना उक्त प्रदर्शन महेन्द्र चोकबाट मुख्यमन्त्री कार्यालयसम्म पुगेको थियो ।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर समेत गरेको थियो ।



280 Views

Comments