काठमाडौंमा त्रिविका ७ क्याम्पसमा भएन
सबैभन्दा बढी विद्यार्थी रहेको पीएन क्याम्पस र ठाकुरराम बहुमुखीमा पनि भएन निर्वाचन
काठमाडौं ।भूगोल पार्कले देशविदेशको राजनीतिक, रामाजिक आर्थिक पर्यटन मनोरञ्जन आदि विषयमा आदि विभिन्न विधामा समयसामयिक विषयमा समाचार लेखिरहेको छ ।
आज हामी देशभरीका क्याम्पसमा स्ववियु निर्वाचन बिहान ८ बजे देखी मतदान सुरु भएको समाचार लिएर आएका छौं। आज देशभरी भइरहेको स्ववियु निर्वाचनलाई एमाले, कांग्रेस, माओवादी, मधेशवादी दलहरूले आफ्नो भातृ संगठनको स्ववियु निर्वाचनको जित-हारलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्।
आइतबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचनका लागि समय तोकिएको छ । स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ । त्रिभुवन बिश्वबिद्यालयका आंगिक तथा सम्बधन प्राप्त कलेजहरुमा आज नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो ।
काठमाडौंका २२ आंगिक क्याम्पसहरूमध्ये ७ वटामा भने आइतबार निर्वाचन नहुने भएको छ । काठमाडौंको अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर, पाटन बाहेक अरुमा मतदान सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्य सचिव पशुपति अधिकारीले बताए । उनका अनुसार काठमाडौं बाहिर भने अधिकांश स्थानमा स्ववियु निर्वाचन सुरु भएको छ ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत राजनीतिक पार्टी निकटका विद्यार्थी संगठनले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । त्योबाहेक विद्यार्थीले गैरदलीय रूपमा पनि उम्मेदवारी दिएका छन् । निर्वाचन निर्देशिकामा ११ जना विद्यार्थी मिलेर स्वतन्त्र रूपमा समूह दर्ता गरेर निर्वाचन लड्न पाउने व्यवस्था पहिलो पटक राखिएको छ ।
प्रत्येक क्याम्पसमा कम्तीमा ११ देखि २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । दुई सयसम्म विद्यार्थी भएमा ११, एक हजार विद्यार्थी रहे १५ र तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ र त्योभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसले २१ सदस्यीय स्ववियु चयन गर्नुपर्नेछ ।
Comments