२ चैत,काठमाडौँ ।भूगोल पार्कले राजनीतिक, आर्थिक,सामाजिक, पर्यटन, खेलकुद आदि विधामा देशविदेशको समाचार लेखेर पाठकहरूलाई सुसुचित गरिरहेको छ। आज भने १० दलीय सत्ता गठबन्धनको बैठक हिजो पनि बसेको र गठबन्धनबाट उपराष्ट्रपतिको साझा उम्मेदवारको लागि घनिभूत छलफल गर्न आज पनि बैंठक वस्न लागेको विषय लिएर आएका छौं।गठबन्धनको बैंठकले संघ र प्रदेश सरकारको बारेमा प्याकेजमा सहमति गर्न सक्ने भएकोले आम नेपाली वुद्धिजीवीहरूले आजको बैंठकलाई चासो र उत्सुक्ताको साथ हेरिरहेका छन्।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भए पनि आधिकारिक उम्मेदवार तोक्ने विषयमा सहमति जुटेको थिएन ।
गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झा रहेका छन् । दुई उम्मेदवारमध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउनका लागि दलहरू समझदारी खोजी रहेका छन् ।
माओवादी केन्द्रका नेता शक्ति बस्नेतका अनुसार १० दलका बीचमा साझा उम्मेदवार तय गर्ने विषयमा सकारात्मक रूपमा छलफल भएको छ। आज बस्ने बैठकले यस विषयमा सहमति जुटाउने बस्नेतको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेता सहभागी थिए ।
आज बस्ने गठबन्धन बैठकमा पनि शीर्ष नेताहरूको सहभागिता रहनेछ । नेताहरूले जसपाका यादवलाई साझाउम्मेदवार बनाउन जोड दिए पनि जनमत पार्टीले आफ्नो अडान कायमै राख्दा सहमति जुट्न नसकेको हो ।
Comments