राष्ट्रपति रामचन्द्र पौडेलको शपथ भोलि सोमबार दिउँसो १ बजे

Bhugolpark

२८ फाल्गुन, २०७९,१४:१४

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शपथ लिने भएका छन्।

राष्ट्रपतिको कार्यालयले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ। प्रधानन्यायाधीशबाट राष्ट्रपतिले शपथ लिने व्यवस्था भएपनि हाल प्रधानन्यायाधीशको पद रिक्त रहेको ले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन्।

पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए।

राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ। उनी निजी निवास बूढानिलकण्ठ सर्ने तयारीमा छिन्।



396 Views

Comments