दुई तिहाई अफगान नागरिकलाई मानवीय सहायता आवश्यक

Bhugolpark

२५ फाल्गुन, २०७९,१६:१५

अफगानिस्तानका कम्तीमा पनि दुई करोड ८० लाख अफगान नागरिकलाई तत्कालै मानवीय सहयाताको खाँचो रहेको एक जना संयुक्त राष्ट्रसङ्घीय विशेष दूतले जानकारी दिनु भएको छ ।

उहाँले बुधबार भनेका थिए कि यहाँको कम्तीमा पनि दुई तिहाई जनसंख्याका लागि खाना तथा जीवन रक्षाकै लागि आवश्यक अत्यावश्यक सामग्रीहरुको आवश्यकता परेको छ । संयुक्त राष्ट्रसङ्घीय ती दूतका अनुसार यस वर्ष यहाँका दुई तिहाई नागरिकलाई जीवन रक्षाकै लागि सो सामग्री आवश्यक परेको छ र यसका लागि चार अर्ब डलरभन्दा बढी रकम आवश्यक परेको छ ।यस वर्ष सो रकमको व्यवस्था गर्न नसक्ने हो भने यहाँको अवस्था निकै नाजुक हुन पुग्ने पनि बताइएको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियोग गुटरेसका विशेष प्रतिनिधि रोजा ओटुबयाभाले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार युद्धमा परेको र हाल तालिबान सरकार रहेको यस देशमा खाद्यान्न र नागरिकका आधारभूत आवश्यकताहरुको खाँचो दिनप्रतिदिन पर्दै गएको छ ।



177 Views

Comments