३ फागुन, काठमाडौं । भूगोल पार्कको दृष्टिकोणमा नेपाल यातयात मजदुरहरूले ट्राफिक प्रहरीको अत्याचारको विरोधमा उत्रीयका यातयात मजदुरहरूले काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको घटनाको कारण खोज्नुपर्ने देखिन्छ साथै तोडफोड गरी आगजनी गर्ने व्यक्तिलाई पनि न्यायको कठघरामा उभ्याउँनु पर्ने देखिन्छ।
प्रहरीले काठमाडौं महानगरपालिका-१६ माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उदयपुर बलमता गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी र लमजुङ वेशीशहर नगरपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन् ।
Comments