काठमाडौं: भूगोल पार्कको दृष्टिकोणमा जनताहरू नेताको बोलीलाई विश्वास नै गर्न छोडेका छन्।उनीहरू अब नेताहरूले बोलेको बोलि तत्काल कार्यन्वयन भएको हेर्न चाहान्छन्।
नेपालका धेरै राजनीतिक क्रान्तिहरू सफल भएर जनताका छोरा नेताहरूको अबस्था परिवर्तन त भयो तर जनताहरूको अबस्था फेरिएको छैन।जनताहरू नेता र कर्माचारीतन्त्रहरूले गरेको भ्रष्टाचार दिन दिनै बढेरगएको कारणले आजीत भएका छन भने सरकारी काममा ढिलासुस्तिमा सुधार भएको छैन ।वैदेशिक ऋण २० खरब नजिक पुगिसकेको छ।राष्ट्रबैंकले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार मुद्रास्फिर्ती दर सात प्रतिशत भन्दा बढि छ।
त्यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार रोकथाम र नियन्त्रणमा सरकार निर्मम भएर लाग्ने बताएको कुरा अब जनताले तुरुन्त कार्यन्वयन भएको देख्न पाउँन भन्ने कामना भूगोल पार्क परिवार गर्न चाहान्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताए। उनले भने, 'मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुन्छ। नेपालको संविधानबाट संवैधानिक निकायको रुपमा स्थापित यस संस्था स्वतन्त्र, निष्पक्ष र निर्भीक तवरले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन दृढताकासाथ अगाडि बढ्नेछ भन्ने कुरामा विश्वस्त छु।'
सेवा प्रवाह गर्ने सार्वजनिक निकायमा ढिलासुस्ती, हैरानी तथा अनुचित लेनदेनलाई न्यूनीकरण गर्न कार्ययोजना बनाई काम थालेको दाहालको भनाइ छ। उनले भने, 'भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सवालमा आयोगलाई सरकारको तर्फवाट हरप्रकारको सहयोग र समर्थन रहनेछ। नेपाल सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम् कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, स्रोत र साधन सहित अधिकार सम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभूति गर्ने एवम् भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका विषयको छानवीन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानूनी कारवाही अगाडि बढाउने प्रतिवद्धता वर्तमान सरकारले गरेको कुरा म यहाँ स्मरण गराउन चाहन्छु।'
Comments