रवि लामिछानेविरूद्धको मुद्दामा दोस्रो दिनको बहस सुरू

Bhugolpark

१३ माघ, २०७९,१३:००

अहिले गृहमन्त्री लामिछानेतर्फका कानुन व्यवसायीको बहस जारी छ।

भूगोल पार्क उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादको विषयमा निर्दोष रहेको निर्णय समानित सर्वोच्च अदालतले आज माघ १३ मा हुने पूर्ण सुनुवाइबाट गरोस् भन्ने कामनासमेत गर्न चाहान्छ ।

१३ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

भूगोल पार्क सांसद बन्ने योग्यतामाथि परेको मुद्दामा संवैधानिक इजलासमा सम्भवत आज अन्तिम सुनुवाइ सुरू हुँदै छ सो मुद्दाको फैसला भ्रष्ट्रचार विरोधी अभियन्ताको अगुवायी गर्ने रविका पक्षमा गरोस भन्ने कामनासमेत गर्न चाहान्छ ।रवि नेपाली आमाको होनाहार सपुत हुन् ।हालको सरकारका उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादको विषयमा निर्दोष रहेको निर्णय समानित सर्वोच्च अदालतले आज माघ ११ मा हुने पूर्ण सुनुवाइमा गरोस् भन्ने कामनासमेत भूगोल पार्क गर्न चाहान्छ ।

नेपालमा राजनीतिक व्यवस्थाहरू विभिन्न कालखण्डमा राजनीतिक दल वुद्धिजीवी र आमनागरिकको सहयोगमा परिवर्तनहरू भए । नेपालमा लामोसमय सत्तामा रहेका पार्टी र बुढा प्रधानमन्त्रीहरू जो पटक-पटक प्रधानमन्त्री भए पटक-पटक पार्टी अध्यक्ष भए तर अपेक्षाकृत देश विकास गर्न सकेनन् वा देश विकास गर्न नै चाहेनन् ।देशमा भ्रष्ट्रचार, अन्यमितता, व्यथिती ‘दिन दुई गुणा रात चौगुणा’ बढेर गएको, देशका होनाहार लाखौं युवाहरू ‘कित खाडी-मलेसिया कित युरोप-अमेरिका –अष्ट्रेलीया- जापान- कोरिया’जस्ता देशहरूमा जानुपरेको तिती यतार्थ जगजाहेरै छ । उनीहरूले नै पठाएको रेमिटेन्समा समेत व्रम्हालुट गरेका छन् । शैक्षिक व्यरोजगार बढेर गएको तर नेताहरू दिनप्रतिदिन धनी हुदै गइरहेका छन् । वैदेशिक ऋण बढेर गएको छ ।जनताको अवस्थामा परिवर्तन आएको छैन् आयातमुखी अर्थतन्त्रले गर्दा संचित वैदेशिक मुद्राकोषसमेत घटेर गएको छ ।

आजको २१औं शताब्दीमा विश्वका अधिकांश देशहरूले उन्नती र प्रगतिका पाइलाहरू चुमी सकेका छन् यानी यी देशहरूले आर्थिक संवृद्धि हासिल गरी सकेका छन् ।हाम्रो छिमेकी राष्ट्र चीनले त्याहाँको तत्कालिन राष्ट्रपति हुजिन ताउको पालादेखि आर्थिक संवृद्धिको यात्रा सुरु गरेर हालका राष्ट्रपति सि जिन फिङको पालामा आइपुग्दा विश्वकै दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक बन्दै सामरिक महत्वको हिस्साबले समेत महाशक्ति राष्ट्र बन्ने होडमा अगाडि बढेको छ ।हाम्रो अर्को छिमेकी राष्ट्र भारतसमेत नरेन्द्र मोदीको पालादेखि स्थिर सरकार भएकोले तिब्र आर्थिक वृद्धि गरिरहेको छ ।

देशमा भएको भ्रष्ट्रचार, अन्यमितता, व्यथिती अन्त्य गर्न लामो पत्रकारिताको दौरानमा आवाज विहिनहरूको आवाजलाई वुलुन्द गरी हजारौ पिडित नेपाली दाजुभाई दिदी बहिनीहरूलाई न्याय दिलाई जनजनको मनमा बस्न सफल व्यक्ति रवि र उनको पार्टीलाई स्थापना भएको छोटो समयमा नै जनताले भारी मतले मात्र जिताएनन् देशको चौथो ठुलो दलसमेत बनाए ।उनको पार्टीले चुनावी नारा देशमा भएको भ्रष्ट्रचार, अन्यमितता, व्यथिती अन्त्य गर्न आफूहरू राजनीतिमा आएको हो नकि अकुत सम्पती कमाएर देशलाई थप कंगाल बनाउँन भन्ने थियो।

पुराना राजनीतिक दलहरूले जहिले पनि जनताको नाममा सपथ खाने तर चुनाव जितेर गएपछि कसरी सत्तामा पुगेर भ्रष्ट्रचार गर्ने भन्ने द्वइध चरित्रले देखाउँने कारणले गर्दा नेपाली जनता आजित भएका थिए र नै यसपटक परिवर्तन र विकासको नारा बोकेका पार्टीलाई चुनाव जिताए जुन भूगोल पार्कको दृष्टिकोणमा स्वागतयोग्य कुरा हो तर भ्रष्ट्रचार विरोधी अभियन्ताको अगुवायी गर्ने रवि जस्ता नेपाली आमाको होनाहार सपुतलाई झुट्टा मुद्दा लगाइनु भने दुखद पक्ष हो ।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादको नाममा सर्वोच्च अदालतको संवैधानिक अदालतमा मुद्दा सुनुवाइ हुनु नेपालकै ईतिहासमा दुखुद क्षण हो तर विगतको संवैधानिक इजालसले कामकाजमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरी माघ ११ र आज माघ १३ मा पूर्ण सुनुवाइ हुनुलाई भने सकारात्मक रुपमा लिनुपर्छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दामा सर्वोच्च अदालतमा बहस सुरू भएको छ । अहिले गृहमन्त्री लामिछानेतर्फका कानुन व्यवसायीको बहस जारी छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारबाट लामिछानेविरुद्धको मुद्दामा बहस सुरु भएको हो। बुधबार मुद्दामाथिको बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो।

मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ। 

इजलासमा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीशहरूमा विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा रहेका छन् ।

यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नतोक्नेगरी मुद्दाका रूपमा राख्न लगाएको थियो। 

अदाललते दिएको यसअघिको आदेशमा २०७५ असार ६ गते अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय जहाँ छ,सो निकायबाट सात दिनभित्र झिकाउन भनिएको थियो। अदालतको आदेशानुसार सबै कागजात र विवरण अदालतमा पेश भइसकेका बताइएको छ ।

बुधबारको बहसमा रिट निवेदकका तर्फबाट र रवि लामिछानेका कानुन व्यवसायीहरुले बहस गरेका थिए। रिट निवेदकका तर्फबाट बहस गर्ने कानुन व्‍यवसायीहरुले रवि नेपाली मूलका विदेशी नागरिक भएको जिकिर गरेका थिए।

कानुनव्यवसायीहरूले लामिछाने नेपाली नागरिक नरहेको र उनले अमेरिकी नागरिकता तथा राहदानी त्यागेर नेपाली नागरिकता लिनका लागि कतै पनि निस्सा पेस नगरेको दावी गरेका छन्।

अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ । मुद्दामा प्रमाणका आधारमा पक्ष,विपक्ष र सरकारी वकिलको बहसप सकिएपछि फैसला आउनेछ। सम्भवतस् मुद्दाको फैसला आजै आउनसक्छ। यदि सर्वोच्चले लामिछानेले झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको ठहर गरेमा उनको सांसद र मन्त्री पद दुवै खारेज हुनसक्छ ।

अधिवक्ता रविराज बसौला,युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।


207 Views

Comments