डा. तोसिमाले भनिन् ‘नयाँ सरकार बनेको थियो, केही न केही उपाय खोज्थ्यौं’, आचार्यले भने कसैले सुन्दैन

Bhugolpark

११ माघ, २०७९,११:५६

भूगोल पार्कको तर्फबाट आत्मा दाहा गरी उपचारका क्रममा मुत्यु भएका इलामका सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्य सन्तोषलाई हार्दिक समवेदना एवं यो सरकारले प्रेमप्रसाद आचार्य जस्ता हजारौं जनताको पक्षमा कानून संसोधन गरेर भएपनि न्यायदेओस। ‘ठूलालाई चयन सानालाई ऐन’ भन्ने नेपाली उखान अबको सरकारले हटाएर सबैलाई ऐन बराबर हुने कुराको प्रत्याभूति देओस भनि सरकारसँग जोडदार माग गर्दछ।

११ माघ, काठमाडौं । मंगलबार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि एक जना व्यक्तिले आफैंलाई आगो लगाए । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किएलगत्तै उनले मुल सडकमा आफैंलाई आगो लगाए ।

प्रहरीले तत्काल उद्दार गरेर उनलाई कीर्तिपुर अस्पतालको बर्न बार्डमा पुर्‍याए । अस्पतालमा भर्ना गरेपछि थाहा भयो, उनी इलामका सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्य सन्तोष रहेछन् ।

चिकित्सकहरुका अनुसार अस्पताल पुर्‍याउँदा उनको शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान निधन भएको छ ।

आत्मदाहअघि सामाजिक सञ्जाल फेसबुकमा लामो नोट लेखेको सार्वजनिक भयो । नोटमा रंगिन सपना बुनेर परिवार, समाज र देशप्रतिको जिम्मेवार बहन गर्दै जाँदा अनेकौं ठक्कर खानु परेको उल्लेख छ । वैदेशिक रोजगारीमा जाँदादेखि उद्योग चलाउँदा भोग्नु परेको समस्या र त्यसबाट पाएको शून्य उपलब्धी पाएको उनले उल्लेख गरेका छन् ।

आफ्नो आत्मवृत्तान्त र असफलताको कथा भन्दै लेखेको लामो स्ट्याटसमा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीलाई पनि सम्बोधन गरेका थिए ।

‘देश चलाउने हुटहुटीमा सत्तामा पुगेका नयाँ पार्टी तथा नयाँ सांसद् रवि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोविता गौतम, गगन थापा, विश्वप्रकाश शर्मा, योगश भट्टराई, तोसिमा कार्की लगायत तमाम नयाँ अनुहारहरूलाई विन्ती, सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिष्पर्धा होइन, कसैले नदेखेको तर जनतालाई पिल्साएको मुद्दाहरू आँखा च्यातेर केलाउनुस्, समाधान गर्नुस्’, उनले भनेका छन् ।

हाल स्वास्थ्य राज्य मन्त्री समेत रहेकी कार्की उनको स्ट्याटस पढेलगत्तै मंगलबार बेलुकी कीर्तिपुर अस्पताल पुगेकी थिइन् । स्वयम् पनि जनरल सर्जन रहेकी उनले आचार्यलाई ‘नयाँ सरकार बनेको थियो, केही न केही उपाय खोज्थ्यौं । किन यस्तो निर्णय लिनु भयो ?’ भन्दै प्रश्न गरेकी थिइन् ।

प्रस्तुत छ, डा. तोसिमा अस्पतालमा पुग्दा आचार्यसँग भएको कुराकानीको संक्षिप्त अंश :

डा. तोसिमा : प्रेम दाई, म आएको छु है, डाक्टर तोसिमा कार्की ।

आचार्यः मैले चिनेँ ।

डा. तोसिमा : अनि किन यस्तो गुर्न भएको छ तपाईंले ? मेरो नाम पनि लेख्नु भएको रहेछ !

आचार्य : मैले लेखेको छु, हजुरलाई पनि सम्बोधन गरेको छु । मैले सबै भोगाइहरू लेखेको छु । उद्यम गर्न खोजे । प्रगति गर्न खोजेँ । ट्याक्सको कुराहरू हेर्नुस् ।

डा. तोसिमा : मैले पूरा पढेँ तपाईंको स्ट्याटस, हेर्नुस् त तपाईंले के गर्नु भएको यस्तो । हामी थियौं नि ! राज्य छ नि तपाईंहरुका लागि !

आचार्य : कसैले सुन्दैन । योभन्दा भएको कसैले सुन्दैन ।

डा. तोसिमा : हाम्रो नयाँ सरकार बनेको थियो, आउनु पथ्र्यौ । केही न केही उपाय खोज्थ्यौं ।

त्यसपछि आचार्यले बोलेको प्रष्ट बुझिँदैन । अहिलेसम्म राम्रो होस छ, नआत्तिनुस् न भन्दा आचार्यले ‘पेन किलर’ लगाइदिन भन्छन् । त्यसपछि उनले ‘रवि सरलाई पनि भन्दिनुस्’ भन्छन् ।


175 Views

Comments