प्रधानमन्त्री पुष्पकमल दाहालले उपसभामुखको निर्वाचनमा पनि हिजोकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेसँगै उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मार्ने निश्चित छ ।
६ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘सभामुखमा प्रतिस्पर्धा गर्यौं । सँगसँगै प्रतिनिधिसभा भित्र प्रतिपक्षी बेञ्च सशक्त गर्दै लगेका छौं ।’ लेखककै भनाइलाई विश्वास गर्ने हो भने केही दल आफ्नो पक्षमा खुल्नुलाई कांग्रेसले आम्सिक सफलता ठानेको छ ।
प्रमुख सचेतक लेखकले विचारमा संसदमा कांग्रेसको साथमा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा गरी चार पार्टी एकै ठाउँ उभिए । उनले यसलाई चुनावअघिकै परिदृश्यसँग दाँज्दै ‘करिब करिब हिजोको गठबन्धन कायम राखेका छौं,’ उनले भने ।
चुनाव अगाडि यी चार दल र माओवादी केन्द्र एउटै गठबन्धनमा थिए । तर, चुनावपछि फेरिएको समीकरणबाट घिमिरे सभामुख भए । कांग्रेसबाट इश्वरी न्यौपाने सभामुखका उम्मेदवार थिइन् । तर, न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभामा निर्णयार्थ प्रस्तुत नै हुन पाएन ।
बिहीबार भएको मतदानमा घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुँदा विपक्षमा १०० मत पर्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा निर्वाचित हुन बहुमत अर्थात, १३८ मत भए पुग्थ्यो । सके चुनाव जित्ने नसके मतान्तर कम गर्ने कांग्रेसको प्रयास थियो ।
सभामुखको चुनाव जित्न कांग्रेसलाई सत्तारुढ दल माओवादी केन्द्रको साथ आवश्यक पर्दथ्यो तर प्रधानमन्त्रीमा विश्वासको मत दिएका कारण माओवादी केन्द्रले सभामुखमा आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्ने कतिपय कांग्रेस कार्यकर्ताको चाहना बुधबार नै सकिएको थियो ।
सभामुखको उम्मेदवारी दर्ताका क्रममा कतै नखुलेको जसपाले पनि बिहीबार कांग्रेसलाई साथ दिएन ।
बिहीबार भएको मतदानमा घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।
बाँकी रहेका कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले घिमिरेको विपक्ष (न्यौपानेको पक्ष) मा मतदान गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उपसभामुखको निर्वाचनमा पनि हिजोकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोसिस जारी राख्ने बताएका छन्।
बिहीबार सभामुख चुनावपछि संसद बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले दाहालले समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने कोसिस जारी राख्ने बताएका हुन्।
उनले सत्ता साझेदार र आफूले सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताए।
उनले उपसभामुखको निर्वाचनमा भने हिजोकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने बताए।
उनले भने, ‘आज सभामुखको निर्वाचन भयो। सबै कुरा थाहा पाउनुभयो। हामी सत्ता साझेदार दलहरू सबै एक ठाउँमा उभियौं। प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो। प्रतिष्पर्धा भयो। बहुमतले सभामुख निर्वाचित भएको घोषणा भयो। भोलि उपसभामुखको निर्वाचन हुन्छ। आजकै प्रक्रियामा हुन्छ। राष्ट्रपतिको कुरा बाँकी रहेको छ। हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्ने कोसिस छ। हामी त्यो कोसिस जारी राख्छौं।’
उनले सत्तासाझेदार दलहरू एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको प्रतिक्रिया दिए।
Comments