काठमाडौं :लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुधबार बुटवलमा आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र उपसभामुख मेनुका केसी खाँडलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
लुम्बिनी प्रदेशको सभामुखमा माओवादीका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका केसी खाँड मंगलबार निर्विरोध निर्वाचित भएका थिए। सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्तीको एकल मनोनयन दर्ता भएको थियो ।
उपसभामुखमा तीनजनाको मनोनयन परेको थियो । नागरिक उन्मुक्तिले उपसभामुखका उमेदवार निर्मलादेवी चौधरी र कांग्रेसले विश्वप्रेम पाठकलाई उपसभामुखबाट उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपछि राप्रपाकी मेनुका केसी खाँड निर्विरोध भएकी हुन्।
Comments