नेपाली कांग्रेस पार्टीको तर्फबाट नेपाली कांग्रेस पार्टीको तर्फबाट ईश्वरी न्यौपाने गराइन मनोनयन दर्ता
४ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
प्रतिनिधिसभाको सभामुखमा नेपाली कांग्रेस पार्टीको तर्फबाट ईश्वरी न्यौपाने गराइन मनोनयन दर्ता छन् ।
प्रतिनिधि सभाको सभामुख चयन गर्न माघ ५ गते ११ बजे निर्वाचन हुने भएको छ।
संघीय संसद सचिवालयले सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो,जसअनुसार प्रतिनिधि सभाको सभामुख चयन गर्न माघ ५ गते ११ बजे निर्वाचन हुने भएको छ। संघीय संसद सचिवालयले सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरेसँगै भावी सभामुख र राष्ट्रपतिमा कुन पार्टीले वाजीमार्ला भनी बजारमा विभिन्न आकलन सुरु भएको छ । दुबै पार्टीका सभामुख उम्मेदवारको प्रस्तावक र समर्थकमा माओवादी नदेखिनुले कुन पार्टीका उम्मेदवारहरूको पल्ला भारी हुनसक्छ भन्न गारो देखिन्छ ।संघीय संसदको सभामुख चयनमा माओवादी पार्टी नै निर्णाएक हुने र सो पार्टी अध्यक्ष नै नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बनेकोले नेकपा एमालेका उम्मेदवार प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेकै पल्लाभारी हुने भूगोल पार्कको आँकलन छ ।
कांग्रेस सांसद न्यौपानेले बुधबार सभामुखको पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकी थिइन् । सभामुख उम्मेदवार न्यौपानेका प्रस्तावक शर्माले भने, 'नेपाली कांग्रेस पार्टीको तर्फबाट नभएर सरकारभन्दा बाहिर रहेका दलहरूको तर्फबाट सभामुख उम्मेदवारको रूपमा ईश्वरी न्यौपाने प्रस्तुत हुनुहुन्छ ।'
न्यौपानेको समर्थक एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् । उनले विपक्षी दलहरूबीचको सहमतिमा न्यौपानेलाई समर्थन गर्ने निर्णय पार्टीले लिएको जानकारी दिए ।
दलगत उम्मेदवारभन्दा पर रहेर सांसदहरूले विवेक पुर्याएर मतदान गरेमा संसद्ले अनुभवी, सुशिक्षित र फेरि पनि महिला सभामुख पाउने सम्भावना रहेको शर्माको भनाइ थियो ।
सरकार सत्तारुढ दलको र संसद् प्रतिपक्षको भएको भन्ने मान्यताका आधारमा पनि कांग्रेसले सभामुखको उम्मेदवार तय गरेको उनको भनाइ थियो । कांग्रेसले विगतमा अग्निप्रसाद सापकोटा, कृष्णबहादुर महरा, ओनसरी घर्ती र सुवासचन्द्र नेम्वाङ सभामुख बन्दा आफ्नो उम्मेदवार उठाएको थिएन । सहमतिमा नै उनीहरूलाई सभामुख बनाइएको थियो ।
Comments