हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा हिजो मंगलबारबाट पहिलो उडान सुरु !
हिमालय एअरलाइन्स सीधा उडान पुनः सुचारु भएसँगै वाह्य हवाई यात्रुहरूमा खुसीको खबर !
काठमाडौँ । नेपाल र चीनको राजधानी जोड्ने सीधा हवाई सेवा पुनः सुरू हुने भएको छ । दुबै देशको लगानी रहेको हिमालय एअरलाइन्सले माघ ३ गतेदेखि हरेक मंगलबार काठमाडौँ-बेजिङ्ग रुटमा सीधा उडान सुचारु गर्न लागेको हो ।
भूगोल पार्कले निरन्तर सामाजिक, आर्थीक, राजनैतिक, मनोरञ्जन,पर्यटन आदिको समाचार पाठक वर्गलाई दिदै आएको छ । हिमालय एयरलाइन्सले आफ्नो स्थापनाको छोटो समयमानै लाखौं पर्यटकहरूलाई सेवादिएको जगजाहेरै छ ।नेपालमा सरकारी विमान सेवा सरकारमा बस्ने व्यक्तिहरूको चरमलापर्वाहीको कारण निरन्तर घाटामा गएको सर्वविदितै छ ।
देशको पर्यटन विकासमा उल्लेखनीय टेवापुर्याएको हिमालय एयरलाइन्स देशको पर्यटन विकासमा उल्लेखनीय टेवापुर्याएको प्राइभेट एयरलाइन्स हो ।यसलाई राजनीतिक प्रतिसोधको कारण ग्राउण्ड ह्याण्डलिङ खोसिनु दुखदपक्ष हो ।अबको पर्यटनमन्त्रीले हिमालय एयरलाइन्सलाई न्याएदिने अपेक्षा भूगोल पार्कको छ ।
सन् २०१९ को अक्टोबरमा सुरु भएको हिमालय एयरलाइन्सको उडान कोरोना महामारीसँगै रोकिएको थियो । दुबै देशको लगानी रहेको हिमालय एअरलाइन्सले आगामी माघ ३ गतेदेखि हरेक मंगलबार नेपाल र चीनको राजधानी जोड्ने सीधा हवाई सेवा पुनः सुरू भैसकेको छ जुन खवरको भूगोल पार्क मुक्त कण्ठले प्रशंसा गर्दै हिमालय एयरलाइन्सबाट नै वाह्य हवाई सेवा लिइ सस्तो भरपर्दो गुणस्तरीय सेवा लिन हार्दिक अनुरोध गर्दछौं ।
हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा पहिलो उडान सुरु गरेको छ । उक्त एयरलाइन्सले आज मङ्गलबार पहिलो पटक काडमाडौँ–बेइजिङ उडान सुरु गरेको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुराका अनुसार हिजो बिहान १० बजेर ४० मिनेटमा उक्त विमान काठमाडौंबाट उडेको र बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । नेपालको काठमाडौं र बेइजिङलाई सीधा जोड्ने यो पहिलो उडान भएको छ ।
चीनको राजधानी बेइजिङमा झण्डै तीन वर्षपछि विदेशका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेका छन् । तीमध्ये हिमालय एयरलाइन्स पहिलो भएको बताइएको छ ।
राजधानीको नयाँ विमानस्थल बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले हप्तामा एक पटक उडान भर्ने भएको छ । चीनले कोभिड–१९ महामारीपछि सन् २०२० को मार्च १ देखि सबै अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।
अब चीनको चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स, बेइजिङ क्यापिटल एयरलाइन्ससँगै हिमालय एयरलाइन्सले पनि उडान सुरु गरेको हो । तीमध्ये हिमालयले हाललाई साताको एक पटक काठमाडौँबाट उक्त विमानस्थलमा उडान भर्ने र चाइना साउर्दनले हङकङमा साताको तीन उडान गर्ने बताइएको छ । अब ती उडानबाट बेइजिङ हुँदै हवाई यात्रु युरोप, अमेरिका, एसिया र अष्ट्रेलियाका विभिन्न मुलुकमा जानसक्ने छन् ।
त्यसको निम्ति चीनले एक सय ४४ घण्टाको भीसा फ्रि नीति पनि सार्वजनिक गरेको जनाइएको छ । उक्त अवधिको सो नीति बेइजिङ, थ्येन्चिन र हपेइ क्षेत्रमा लागू हुनेछ । बेइजिङको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ को अक्टोबर २७ का दिन उडानको निम्ति खुला गरिएको थियो तर कोभिड–१९ महामारीका कारण पाँच महिनापछि नै बन्द भएको थियो । रासस
Comments