आमसञ्चार सम्मान चूडामणि रेग्मीलाई समर्पण गरिने

Bhugolpark

२ माघ, २०७९,१७:१०

माघ २, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।

भूगोल पार्क परिवार आमसञ्चार कर्मी चूडामणि रेग्मीको हिजो यति एयरलाईनको विमान दूर्घटनामा परी दुखद निधनको खबरले स्तब्ध भएका छौं ।उहाँलाई भूगोल पार्क परिवारको तर्फबाट हार्दिक श्रद्धान्जली !

शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा आमसञ्चार सम्मान, २०७९’ भाषासेवी, साहित्यकार तथा पत्रकार चूडामणि रेग्मीलाई समर्पण गर्ने भएको छ ।

 लामो समयसम्म पत्रकारिता क्षेत्रमा संलग्न रही ‘युगज्ञान’, ‘जूही’ र अन्य पत्रिकाका माध्यमबाट नेपाली भाषा, साहित्य र साहित्यिक पत्रकारिताको एकसाथ सेवा गर्नुभएका रेग्मीलाई आमसञ्चार सम्मान समर्पण गर्न लागिएको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले राससलाई जानकारी दिनुभयो । रेग्मीले प्रयोग कम हुँदै गएर लोप हुन लागेका नेपाली झर्रा शब्दलाई साहित्यिक कृतिमा प्रयोग गरी जनमानसमा भिजाउन अथक प्रयत्न गर्नुभएको छ । यही स्तुत्य कार्यको अभिवन्दनास्वरूप उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरिएको प्रकाशनले जनाएको छ । लेखक सुनील सापकोटाले ‘गोर्खाली’ पत्रिकाका सम्पादक–प्रकाशक आफ्ना बूढाहजुरबुबा सुब्बा देवीप्रसाद सापकोटाको स्मृति र सम्मानमा व्यवस्था गरिदिनुभएको अक्षयकोषको ब्याजबाट हरेक वर्ष यो सम्मान समर्पण गर्ने गरिएको हो । पुरस्कारको राशि रु पाँच हजार नगदसहित सम्मान पत्र रहेको अध्यक्ष मञ्जुश्रीले बताउनुभयो ।


189 Views

Comments