दुर्घटनाग्रस्त जहाजमा ४१ महिला र २७ पुरूष यात्रु थिए । काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए ।
१ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
नेपाल हवाइ उडानको लागि असुसक्षित देश भनी विदेशी उड्यन प्रधिकरणहरूले नेपाल सरकारलाई हवाइ मापदण्ड लागु गर्न निर्देशन दिएको थियो ।सो कारण देखाउँदै हाल कतिपय देशमा नेपालले हवाइ उडानको अनुमतिसमेत पाएको छैन् ।तसर्थ नेपाल सरकारले सो मापदण्ड लागु गरोस भन्दै भूगोल पार्क परिवार यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउँनुहुने नेपाली र विदेशी यात्रुहरूको चिरशान्तिको कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछ ।
पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पाँच भारतीयसहित १५ विदेशी नागरिक परेको खुलेको छ । साथै ५३ नेपाली यात्रु रहेको पुष्टि भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानमा चार चालक दलका सदस्यसहित ७२ यात्रु थिए । जसमध्ये ३ बालबालिका र ३ शिशुसहित ६४ वयष्क थिए ।
दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी रहेको छ । आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यतिको एटीआर ७२ विमान कास्कीको नयाँगाउँमा दुर्घटना भएको हो । दुर्घटनास्थलबाट २६ जनाको शव संकलन गरिएको बताइएको छ ।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान ११ बजे पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।
अहिले पनि उद्धारकार्य जारी रहेको छ । स्थानीयहरूले भने दुर्घटनास्थलबाट आगोको मुस्लो निस्किरहेको भिडियो सार्वजनिक गरेका छन् ।
‘पाइलटले बस्ती जोगाउन जहाज सेती खोंचमा लगेको देखिन्छ’
जहाज सेतीको खोंचमा खसेको छ। बाहिर केही शवहरू उछिट्टिएको अवस्थामा हामीले देख्यौं।
Comments