२८ पुस, काठमाडौं ।भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
आजको २१औं शताब्दीमा विश्वका अधिकांश देशहरूले उन्नती र प्रगतिका पाइलाहरू चुमी सकेका छन् यानी यी देशहरूले आर्थिक संवृद्धि हासिल गरी सकेका छन् ।हाम्रो छिमेकी राष्ट्र चीनले त्याहाँको तत्कालिन राष्ट्रपति हुजिन ताउको पालादेखि आर्थिक संवृद्धिको यात्रा सुरु गरेर हालका राष्ट्रपति सि जिन फिङको पालामा आइपुग्दा विश्वकै दोस्रो ठुलो अर्थतन्त्र भएको मुलुक बन्दै सामरिक महत्वको हिस्साबले समेत महाशक्ति राष्ट्र बन्ने होडमा अगाडि बढेको छ ।हाम्रो अर्को छिमेकी राष्ट्र भारतसमेत नरेन्द्र मोदीको पालादेखि स्थिर सरकार भएकोले तिब्र आर्थिक वृद्धि गरिरहेको छ ।
भ्रष्ट्रचारमा लिप्त भन्ने व्यक्तिलाई नै परिवर्तनको नारा लिएर चुनावमा गई जनताबाट अनुमोदित भई निर्वाचित भएका व्यक्ति र दल नै निर्वाचित हुने बितिक्कै सरकारलाई समर्थन गर्नु र सरकारमा सहभागी नै हुनुलाई लिएर जनता पक्ष र विपक्षमा विभाजन भएकै बेला उनीहरूकै दलमा समेत विरोधको आवाज उठिरहेको छ ।नेपालको राजनीतिलाई विश्लेषण गरी हेर्दा चुनावको बेला सिद्धान्त मिल्ने दल र उनीहरूसँग राजनीतिक एजेण्डा मिल्ने भएमात्र चुनावी तालमेल गर्नुपर्नेमा जुनसुकै दलहरूसँग चुनावी तालमेल गरेर चुनाव लडने परिपाटीको विकास भएको पाईन्छ।अझ दलबाट चुनावको टिकट नपाएमा स्वतन्त्रबाट उम्मेदवारी दिएर भए पनि चुनाव लडने गरेको पाईन्छ।चुनाव जीतिसकेपछि भने चुनाव लडदाका सहयात्री दलहरूसँग मिलेर सरकार नबनाई जुन सुकै दलसँग मिलेर सरकार बनाउँने र सरकारमा पुगेपछि जनतासँग गरेको बाचालाई तिलान्जली दिई अकुत भ्रष्ट्रचार गर्ने प्रवृती हरेक ठुला दलमा बढेर गएको पाइन्छ ।
गत स्थानीय निकायको चुनावमा काठमाडौँ महानगर पालिकामा वालेन शाह र धरान उपमहानगरपालिकामा हर्क साम्पाङ जस्ता केही स्वतन्त्र व्यक्तिहरूको उदय भयो ।झन हालै भएको प्रतिनिधि सभा र प्रदेश सभामा सुशासन र भ्रष्ट्रचार विरुद्ध आवाज उठाएको दल, तराइवादी दल एवं राजावादी दलहरूको पक्षमा विस्तारै जनलहर बढेर गएको मात्र देखिएन उल्यख्य रुपमा प्रतिनिधि सभा र प्रदेश सभामा ती दलबाट अधिकांश युवायुवती विजयी भएर आउँनुले आजको २१औं शताब्दीमा दलहरू प्रती विस्तारै नेपाली जनतामा लगाव कम हुदै गएर भिजन र भ्रष्ट्रचार विरुद्ध आवाज उठाएका दलमाथि जनलहर बढेर गएको देखिएको छ।
विगतको तुलनामा यसपालिका मुख्यमन्त्री नयाँ अनुहारका भएकोले गर्दा एवं परिवर्तन पक्षधर सत्ता गठबन्धन दलका सहयात्रीसहितको सरकार बनेकोले यसपटकको प्रदेश सरकारमा विकासप्रेमी राम्रा मानिस जाने र अब नेपालमा आर्थिक क्रान्ति ती सरकारले गर्ने अपेक्षा भूगोल पार्क रआम नेपाली जनताको रहेको छ ।
सत्ता साझेदार दलहरूले मुख्यमन्त्री र प्रदेशसभाका सभामुख–उपसभामुखको भागबन्डा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेर एमाले, माओवादी, राप्रपा, जनमतले बाँडफाँट गरेका हुन्, जसमा नागरिक उन्मुक्तिलाई पनि समावेश गराउन खोजिएको छ ।
सत्ता सहयात्री दलहरूबाट उनीहरूको सहमतिअनुसार नै सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त भैसकेका छन् भने सत्ता सहयात्री दलहरूबाट प्रदेशमा मन्त्री नियुक्त केही प्रदेशमा भए भने केही प्रदेशमा बाँकी छ तर सबै प्रदेशमा सत्तारुढ दलबाटै मन्त्री हुदैछन् । सत्ता सहयात्री दलहरूबाट उनीहरूको सहमतिअनुसार कै सातै प्रदेशमा सभामुख उपसभामुख हुने भएका छन् ।प्रदेश १ मा सभामुख: माओवादी बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् भने बागमती प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महासचिव भुवन पाठकले आज उम्मेदवारी दिएका छन् ।अरू प्रदेशमा सभामुखको चयन हुन बाँकी छ ।उपसभामुखको निर्वाचन भने सभामुखको निर्वाचनपछि हुनेछ ।
सत्ता सहयात्री दलहरूको सहमतिको खाका
प्रदेश १ मा मुख्यमन्त्री एमालेका हिक्मत कार्की
सभामुख: माओवादी बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए ।
उपसभामुख: एमाले मोरङ — प्रदेश १ को उपसभामुखको निर्वाचनको मिति पुस ३० गतेका लागि तोकिएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन पुस ३० गते बिहान ११ बजेका लागि तोकेका छन् ।
दलीय भागबन्डामा सत्तारूढ दलमध्ये प्रदेश १ को उपसभामुख एमालेको भागमा परेको छ । एमालेले उपसभामुखमा भोजपुरकी सिर्जना राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमलाई निर्विरोध निर्वाचित गरेपछि उपसभामुखको निर्वाचन मिति तोकिएको छ । सभामुखमा उम्मेदवारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) की प्रदेश सांसद खिनुलङ्वा लिम्बुलाई उम्मेदवार बनाउने तयारी गरेको एक प्रदेश सांसदले बताए । कांग्रेसका नेता उद्धव थापाले उपसभामुखकाे उम्मेदवार कसलाई बनाउने विषयमा छलफल भइरहेको बताए ।
प्रदेश २ (मधेश):मा जसपाका सरोजकुमार यादव अढाई वर्षपछि पछि जनमत सरकारको नेतृत्वमा
सभामुख एमाले:निर्वाचित हुन बाँकी
उपसभामुख जनमत उपसभामुखको निर्वाचन भने सभामुखको निर्वाचनपछि हुनेछ ।
प्रदेश ३ (वागमती): मा मुख्यमन्त्री शालिकराम जमकट्टेल, एमालेका जगन्नाथ थपलियाको पालो भने अढाई वर्षपछि आउनेछ ।
सभामुखका: लागि वागमती प्रदेशको सभामुखका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महासचिव भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैंजुले सभामुख पदका लागि प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । सभामुखका लागि मतदान भने शुक्रबार हुनेछ ।
उपसभामुख एमाले: उपसभामुखको निर्वाचन भने सभामुखको निर्वाचनपछि हुनेछ ।
प्रदेश ४ (गण्डकी) : मा मुख्यमन्त्री एमालेका हिक्मत कार्की गण्डकीमा एमाले संसदीय दल नेता खगराज अधिकारी पाँचै वर्षका लागि मुख्यमन्त्री बन्ने भएका छन् ।
सभामुख माओवादी: निर्वाचित हुन बाँकी
उपसभामुख एमाले: उपसभामुखको निर्वाचन भने सभामुखको निर्वाचनपछि हुनेछ ।
प्रदेश ५ (लुम्बिनी)मा मुख्यमन्त्री एमालेका लीला गिरी
सभामुख माओवादी: निर्वाचित हुन बाँकी
उपसभामुख राप्रपा: उपसभामुखको निर्वाचन भने सभामुखको निर्वाचनपछि हुनेछ ।
प्रदेश ६ (कर्णाली) मा मुख्यमन्त्री माओवादीका राजकुमार शर्मा अढाई वर्षपछि नेकपा एमालेको नेतृत्वमा
सभामुख एमाले: निर्वाचित हुन बाँकी
उपसभामुख माओवादी: उपसभामुखको निर्वाचन भने सभामुखको निर्वाचनपछि हुनेछ ।
प्रदेश ७ (सुदूरपश्चिम) मा मुख्यमन्त्री एमालेका राजेन्द्रबहादुर रावलले गर्ने निश्चित भएको छ । माओवादीका खगराज भट्ट संसदीय दलका नेता छन् । उनको पालो अढाई वर्षपछि आउनेछ ।
सभामुख माओवादी: निर्वाचित हुन बाँकी
उपसभामुख नागरिक उन्मुक्ति: उपसभामुखको निर्वाचन भने सभामुखको निर्वाचनपछि हुनेछ ।
Comments