माघ २५ गते राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्न आयोगको प्रस्ताव

Bhugolpark

१८ पुष, २०७९,०९:४७

काठमाडौं: निर्वाचन आयोगले आगामी माघ २५ गते बुधबार राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय सभा उपनिर्वाचनको मिति तोक्न आग्रह गरेको हो। 

राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य खिमलाल भट्टराईको २०७९ असोज २३ मा राजीनामा स्वीकृत भइ पद रिक्त भएपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हो। 

राष्ट्रपतिको पदावधि आगामी फागुन २८ गतेसम्म भएको र सोही मितिभन्दा अगाडि नै उपनिर्वाचन गराउनुपर्ने भएकाले माघ २५ को प्रस्ताव गरिएको निर्वाचन आयोगले जनाएको छ। 

राष्ट्रपतिको पदावधि सकिनुअघि नै राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने अवस्था रहेको पनि आयोगले प्रधानमन्त्रीलाई जानकारी गराएको छ। 



216 Views

Comments