कुमारी–एनसीसी मर्जर : नाम ‘कुमारी बैंक लिमिटेड’, पुस १७ गतेदेखि एकीकृत कारोबार

Bhugolpark

१४ पुष, २०७९,०८:५९

भूगोल पार्कले लामो समयदेखि नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड तथा कुमारी बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड तथा कुमारी बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएकोले यी दुबै बैंक नेपालीहरूको मनमा बस्न सफल भएको बैंक हो।यी दुबै बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येका हुन्।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम ‘कुमारी बैंक लिमिटेड’ कायम हुने र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकै हालका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल नै मर्जरपछि बनेको ‘कुमारी बैंक लिमिटेड’को प्रमुख कार्यकारी अधिकृत हुनुहुने भएको छ।उहाँलाई भूगोल पार्कको तर्फबाट हार्दिक बधाई तथा कार्यकालको शुभकामना ।

दुई वाणिज्य बैंक कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड गाभिएपछि नेपाल राष्ट्र बैंकले कायम हुने नयाँ नाम तोकिदिएको छ। 

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैंकको नाम ‘कुमारी बैंक लिमिटेड’ कायम हुने सार्वजनिक सूचनामार्फत जानकारी दिएको हो। 

योसँगै गाभिएर बनेको नयाँ बैंकले यही पुस १७ गतेदेखि कुमारी बैंक लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्नेछ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड तथा कुमारी बैंक लिमिटेडले नाफा मुलक व्यपार मात्र नगरेर स्वास्थ्य बीमा, विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्त्रर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।यी दुबै बैंकले आफ्ना ग्राहकहरूलाई भारीमात्रमा सेवासुविधा दिएकोले नै ग्राहकको रोजाइमा पर्न सफल भएको छ ।सरकारले हालसालै ठुला बैंक, विकास बैंक, सहकारी आदि वित्तीय संस्थालाई कडाई गर्दै एकआपसमा मर्च हुन दिएको निर्णयअनुसार मर्च हुने निर्णयलाई कार्यन्वयन डाटा माइग्रेसनको कारण बैंकिङ्ग कारोबार बन्द हुने भएको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड तथा कुमारी बैंक लिमिटेडको डाटा माइग्रेसनको कारण बैंकिङ्ग कारोबार बन्द हुने बारे सूचना ।

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभिई कुमारी बैंक लिमिटेड कायम हुने बारेमा सार्वजनिक सूचना यस बैंकको सञ्चालक समितिको निर्णयानुसार कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभिइ साविकका संस्थाहरूको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्नेगरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा मिति २०७९/०९/१७ आइतबारका दिनदेखि 'कुमारी बैंक लिमिटेड' को नामबाट सञ्चालन गर्ने भएकोले 'बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने /गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन, २०७९) को विनियम ११ को उप-विनियम (७) बमोजिम सर्वसाधारणको सूचना प्रकाशित गरी जानकारी गरिएको छ ।


275 Views

Comments