कांग्रेस संसदीय दलको नेता छान्न निर्वाचन तालिका सार्वजनिक भोलिनै मनोनयन दर्ता

Bhugolpark

४ पुष, २०७९,११:०९

नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनको तालिका सार्वजनिक गरेको छ।

कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमितिले सोमबार निर्वाचनको तालिका सार्वजनिक गरेको हो।तालिका अनुसार बुधबार संसदीय दलको निर्वाचन हुने भएको हो। 

सोमबार दिउँसो २ बजे मतदाता नामावली प्रकाशन गर्ने तालिका छ। साढे २ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्ने समय तोकिएको छ। 

त्यस्तै मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारीको लागि दर्खास्त दिने समय तोकेको छ। सोही बिहान साढे १० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने समय छ। ११ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारको दरखास्तमाथि दाबी विरोध गर्ने समय छ। त्यसैगरी दाबी विरोधमाथि जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन दिउँसो १२ बजेसम्म गर्ने तयारी छ। 

अन्तिम नामावली दिउँसो ३ बजे सार्वजनिक गर्ने तालिकामा उल्लेख छ। भोलिपल्ट बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदात हुने कांग्रेसले जनाएको छ ।



477 Views

Comments