भूगोल पार्ककोतर्फबाट विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप प्रज्वलमान शाक्यलाई हार्दिक बधाई

Bhugolpark

२५ मंसिर, २०७९,०८:२९

काठमाडौँ — नेपालका प्रज्वलमान शाक्य थाइल्यान्डको फुकेटमा भइरहेको १३ औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा शुक्रबार पुरुषभने ६५ केजी तौलमा प्रज्वलमान शाक्ले कांस्य पदक जित्नुभएको थिए  । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेकी श्वेताले महिला मोडल फिजिक्स विधामा रजत पदक जित्नुभएको थियो ।गत शुक्रबार पुरुषभने ६५ केजी तौलमा प्रज्वलमान शाक्ले कांस्य पदक जित्नुभएको थियो ।

४४ राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा प्रि जजिङ्ग राउण्डमा प्रज्वलको समूहमा ९ जना खेलाडीहरूले प्रतिस्प्रधा गर्नुभएको थियो ।फाइनल राउण्डमा नेपाललगाएत भारत २ जना थाइल्यड बहराइनका खेलाडीहरूले भाग लिनुभएको थियो ।यस उमेर समूहबाट नेपालले कांस्य पदक जित्दा भारतका विचित्र नायक पाँचौं, थाइल्यान्डका सुरासक पनरुयाङ्ग चौथो हुनुभएको थियो ।यसैगरी भारतकै योगेश निकाम द्वितीय र बहराइनका अब्बास माकी अली प्रथम हुनुभएको थियो ।

महिला मोडल फिजिक्सको फाइनल प्रवेश गर्नेक्रममा १० प्रतिस्पर्धीबाट श्वेता उत्कृष्ट फाइभमा परेकी थिइन् । उनी तीन प्रतिस्पर्धी हंगेरी, थाइल्यान्ड र मंगोलियाकी खेलाडीलाई उछिन्दै दोस्रो भएकी हुन् । यस विधामा हङकङ चाइनाकी तु सुयत यानले स्वर्ण जितेकी थिइन् ।

विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ त्रिपुरेश्वर, काठमाण्डौंका अध्यक्ष राजेशबाबु श्रेष्ठको नेतृत्वमा ७ सदस्य टोली फुकेट बैंककमा प्रस्थान गरेको थियो ।विजेता खेलाडीहरूलाई अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगततर्फबाट क्रमश:एक लाख र पचहत्तर हजार पुरस्कार दिने घोषणासमेत गर्नुभएको थियो ।

संघका अध्यक्ष श्रेष्ठ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स फेडेरेसनका उपाध्यक्ष एवम् दक्षिण एशियाली महासंघ अनररी लाइफ अध्यक्षसमेत हुनुहुन्छ ।उक्त प्रतियोगितामा टिम व्यवस्थापकमा संघका उपाध्यक्ष दिनेश राजभण्डारी एवम् अफिसियलमा संघकै उपाध्यक्ष राजेश उपाध्याय हुनुहुन्थ्यो भने निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ हुनुहुन्थ्यो ।त्यस्तै कोचमा विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप प्रतियोगिताका रजत तथा कास्य पदक विजेता खेलाडी रुजेश शाही हुनुहुन्थ्यो ।


203 Views

Comments