शारीरिक सुगठन प्रतियोगितामा सहभागी खेलाडीद्वयमा श्री प्रज्वल शाक्य तथा श्री श्वेता कपाली थाइल्याण्ड प्रथान

Bhugolpark

२० मंसिर, २०७९,०६:३५

२०७९ मङ्सिर २० गते देखि थाइल्याण्डको फुकेटमा आयोजना हुन गईरहेको १३ औं विश्व शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुन नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष श्री राजेश बाबू श्रेष्ठज्यू को नेतृत्वमा नेपाली टोलीको थाइल्याण्ड प्रस्थान गर्यो।

६ सदस्यिय नेपाली टोलीको व्यवस्थापकमा संघका उपाध्यक्ष श्री दिनेश राजभण्डारी, अफिसियलमा उपाध्यक्ष श्री राजेश उपाध्याय तथा निर्णायकमा अन्तरराष्ट्रिय निर्णायक श्री दिनेश श्रेष्ठ रहेका छन।

खेलाडीद्वयमा श्री प्रज्वल शाक्य तथा श्री श्वेता कपाली रहेका छन भने प्रशिक्षकमा श्री रुजेश शाही रहेका छन।

टोलीलाई शुभकामना सहित विदाई गरियो।


391 Views

Comments