भुगोलपार्क अभिमत सर्वेक्षण: कुलमान घिसिङ पुनः नेपाल विद्युत प्राधिकरणको प्रमुख पदमा नियुक्ति हुनुर्पछ ?

Aug 31, 2020 १५ भाद्र, २०७७

नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको जन्म नोभेम्बर २५, १९७० मा रामेछापको दुर्गम गाउँ बेथानमा भएको हो।

उनको प्राथमिक शिक्षा गाँउमै बित्यो। कक्षा ५ पास गरेपछि उहाँ आफ्नो दाईहरु संग काठमाण्डौँ आएर बालसेवा माध्यमिक विद्यालयमा र पछि आएर अमर आदर्श बोडिङ स्कुलमा अध्ययन र्गनुभयो । अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरेपछि उहाँ छात्रवृत्तिमा भारतको जम्सेदपुर बाट सन् १९९४ मा बीएस्सी इलेक्टिकल इन्जिनियर  र पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मास्टर्स गर्दा रिसोस प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्टमा थेसिस गर्नुभएका कुलमानले पोखरा विश्वविद्यालय बाट इएम.बीए  पनि गर्नु भएको छ ।

 उनी १४ सेप्टेम्बर २०१६ देखि नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक पदमा कार्यरत छन् । त्यस भन्दा अगाडी  उनी राहुघाट जलविद्युत् आयोजनाका प्रोजेक्ट चीफको रूपमा कार्यरत थिए र चिलिमे हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक पनि थिए। उनको मासिक तलब अन्य सेवा सुविधा बाहेक करिब ६० हजारको हारहारीमा रहेको छ ।

उनी नेपाल विद्युत प्राधिकरणको प्रमुख भइसके पछी ९ अरब घाटामा गएको विद्युत प्राधिकरण ९ नै अरब नाफामा गैसकेको छ । कुलमान  घिसिङ नेतृत्व पछि नेपाल विद्युत प्राधिकरणले यो सफलता हासिल गरेको हो ।