राष्ट्रिय जनमुक्ति पार्टी
Polls




About Us

वि.सं. २०४७ वैशाख २३ गते काठमाडौँ (नेपाल) मा नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाको नामबाट यो पार्टीको जन्म भएको हो [१] । यही नामबाट पार्टीले वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा 'मान्छे' चुनाव चिन्ह लिएर भाग पनि लियो [२] । त्यस पश्चात वि.सं.२०४८ माघ ६ गते राष्ट्रिय जन पार्टीसंग एकीकरण भएपछि राष्ट्रिय जनमुक्ति पार्टीको नामकरण भएको हो [३] । यसपछि भएका २०५१ सालको मध्यावधि निर्वाचन, २०५६ को संसदीय निर्वाचन र २०६४ को संविधान सभाको निर्वाचनमा 'घर' चुनाव चिन्ह लिएर पार्टीले भाग लिई सकेको छ । पार्टीको २३ वर्षीय जीवनकालमा प्रथम (२०५३ जेठ, काठमाडौँ ), दोश्रो (२०५६ मंसिर, रुपन्देही ) तेस्रो (२०६२ फाल्गुन, ललितपुर) र चौथौ (२०६७ फाल्गुन, नवलपरासी) गरी चार राष्ट्रिय महाधिवेशन सम्पन्न भईसकेका छन् । 'जनमुक्ति विचारधारा' लाई मार्गदर्शक सिद्दान्तको रूपमा आत्मसात गर्दै 'बहुजातीय लोकतान्त्रिक समाजवाद' स्थापनाको लागि निरन्तर अग्रसर राष्ट्रिय जनमुक्ति पार्टी सामुहिक नेतृत्व र कार्यकर्तामा आधारित सङ्गठन प्रणाली अनुसार संचालित रहेको छ