पाँचदलीय गठबन्धनकै सरकारको कसरत

Bhugolpark

११ मंसिर, २०७९,०२:४३

प्राप्त प्रत्यक्ष सिट र समानुपातिक रूझानबीच १४० सिट पुग्ने सत्ता गठबन्धनको निष्कर्ष, पाँच दलको बैठक बोलाउने तयारी

देउवा र दाहालबीच संवाद भएलगत्तै भारतीय राजदूत श्रीवास्तव बालुवाटारमा, चुनावी परिणाम र आगामी सरकारबारे चासो

काठमाडौँ — सम्भावित समीकरणका विभिन्न अनुमानबीच कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पाँचदलीय गठबन्धनकै सरकार बनाउने तयारीमा लागेका छन् प्रत्यक्ष सिट तथा समानुपातिक रुझानबीच सत्ता गठबन्धनकै बहुमत पुग्ने निष्कर्षसहित उनीहरूले पाँच दलको बैठक बोलाउने समझदारी गरेका छन्

गठबन्धन भए पनि उनीहरूले ‘सोचेजस्तो’ मत आदानप्रदान नभएको भन्दै एकीकृत समाजवादी र माओवादीका केही नेताले असन्तुष्टि व्यक्त गरिरहेका छन् त्यस्तै लामो संवादहीनता तोड्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष दाहाललाई सम्पर्क गरी सहकार्यको प्रस्ताव राखेपछि सम्भावित समीकरणका विषयमा आम चासो बढेको छ तर, प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले भने शनिबारको छलफलपछि आशंका हटेको दाबी गरे ‘विद्यमान गठबन्धनलाई निरन्तरता दिने र सरकार निर्माणको गृहकार्यमा लाग्न नेताहरू स्पष्ट हुनुहुन्छ,’ उनले कान्तिपुरसँग भने

प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि शुक्रबार टेलिफोन संवाद गरेका छन् उनीहरूबीच यही छलफल भएको उनले जानकारी दिए

पछिल्लो मतपरिणामअनुसार प्रत्यक्षमा ५२ सिटमा निर्वाचित कांग्रेसले ३ सिटमा अग्रता लिइरहेको छ दोलखा, स्याङ्जा र बाजुरामा मतगणना सुरु हुन सकेको छैन यसरी प्रत्यक्षमा कम्तीमा ५७ समानुपातिकमा ३४ सहित ९१ सिट जित्ने कांग्रेसको हिसाब छ त्यस्तै १७ सिट जितेको माओवादीले एक सिटमा अग्रता लिइरहेको छ मतगणना हुन बाँकी दोलखामा पनि जित्ने उसको दाबी प्रत्यक्षमा १९ र समानुपातिकबाट १५ सहित ३४ सिट आफ्नो हुने माओवादी हिसाब छ

गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ, समानुपातिकमा उसको प्रतिनिधित्व यकिन छैन शनिबार मध्यरातसम्म एकीकृत समाजवादी २.५७ प्रतिशतमा छ उसले प्रतिशत पुर्‍याए कांग्रेस र माओवादीसहित एमालेले पनि एक/एक सिट गुमाउनेछन् त्यस्तै गठबन्धनको अर्को सहयोगी लोसपाले प्रत्यक्षमा चार सिट जितेको छ भने जनमोर्चाले एक सिट निश्चित गरेको छ


133 Views

Comments