भुगोलपार्क अभिमत सर्वेक्षण:कोरोनाको कहरमा दशै:सुरक्षित रहौं सबै

समूदायस्तरमा नै कोरोना फैलिसकेकोले अघिल्ला वर्षहरुमा जस्तो चाडपर्वको उल्लास र रौनक यस वर्ष छैन।मान्यजनबाट टिका,जमरा र आशिर्वाद थापेर मनाईने दशैं पनि अन्य चाडपर्व जस्तै कोरोनाको कहरमा परेको छ। घरभीत्रै बसेर दशैं मनाउन सरकारले आग्रह गरेको छ भने टिका लगाउन आफ्ना आफन्तकोमा जान जोखीमपूर्ण नै देखिन्छ । तर कतिपय भने वर्षमा एकपटक मनाईने दशैं हर्षोल्लासका साथ आफ्ना आफन्त जम्मा भएर मनाउनुपर्ने तर्क गर्छन।